प्रभु बैंकको पौने ३ लाख कित्ता शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको पौने ३ लाख कित्ता शेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यसअघि नै संस्थापक शेयरधनीले किन्न पाउने गरी बिक्रीमा ल्याए पनि बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । तसर्थ यो शेयर जोकोही व्यक्ति तथा संस्थाले किन्न पाउनेछन् ।

इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार ०८:०८