आशा लघुवित्तले पायो १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आशा लघुवित्तले पायो १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्न अनुमति पाएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

यससँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश शेयरधनीहरूमा वितरण हुनेछ ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलवार १३:५४