हिमालयन ब्रोकरेजको चाडपर्व अफरः डीम्याट र मेरो शेयर खाता नि: शुल्क खोल्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन ब्रोकरेजको चाडपर्व अफरः डीम्याट र मेरो शेयर खाता नि: शुल्क खोल्न सकिने



काठमाडाै । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड (ब्रोकर नं ६३ ) ले यहि आश्विन ११ गते देखि कार्तिक २५ गते सम्म कम्पनी मार्फत DEMAT र Mero Share खाता खोल्दा नि: शुल्क खोल्न सकिने व्यवस्था गरेको छ ।

हिन्दुहरुको महान चाड बिजयादशमी, शुभ-दिपावली, नेपाल संवत् १९४५ तथा छठ पर्वलाई लक्षित गरि चाडपर्वमा बिशेषगरि बालबालिका तथा युवाहरुसंग उपलब्ध हुने पैसालाई बचत गर्दै लगानी गर्ने बानीको विकास होस् भन्ने हेतुले यस कम्पनीले सो मौका प्रदान गर्न लागेको कम्पनीले जनाएको छ ।

बचत तथा लगानी गर्ने बानीको विकासले भविष्यमा आर्थिक रुपले सबल बनाउदै युवा तथा बालबालिकाहरुलाई स्वतन्त्र रुपमा वित्तीय जिम्मेवारी लिन सक्षम बनाउने छ भन्ने यस संस्थाले अपेक्षा राखेको छ ।

हाललाइ यो सुबिधा सबै उमेरका व्यक्तीहरुमा लागु हुनेछ । यो सुबिधा लिन इच्छुकले कम्पनीको वेबसाइट (www. Himalayanbroker.com) मा गएर वा कम्पनीको डिल्लीबजार स्थित कार्यालयमा आएर फर्म भर्न सक्ने छन् ।

प्रकाशित : २० आश्विन २०८१, आईतवार ०८:०८