हिमालयन एभरेष्टको सीइओ श्रेष्ठको सपथ तथा पद वहाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हिमालयन एभरेष्टको सीइओ श्रेष्ठको सपथ तथा पद वहाली



काठमाडौं । हिमालयन एभरेष्टको प्रमुख कार्यकारी अधिकृत (सीइओ) अन्जु श्रेष्ठको सपथ ग्रहण तथा पद वहाली गराइएको छ । उनले बुधवार साँझ कम्पनीको करार सेवाको प्रमुख कार्यकारी अधिकृत पदमा वहाली गरेकी हुन् ।

उनी यसअघि कम्पनीमा कायम मुकायम सीइओको जिम्मेवारीमा थिइन् । उनको कार्यकाल आज अर्थात् असोज १८ गतेदेखि आगामी चार वर्षको हुनेछ । नव नियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ ।

फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो । उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु¥याउन सफल भएको छ ।

सिईओको रूपमा आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ ।

प्रकाशित : १८ आश्विन २०८१, शुक्रबार १२:१६