नेक्सजेन म्यानेजमेन्टको लाभांश प्रस्तावसहित साधारणसभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

नेक्सजेन म्यानेजमेन्टको लाभांश प्रस्तावसहित साधारणसभा आह्वान



काठमाडौं। नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले सेयरधनीलाई लाभांश प्रस्तावसहित असोज १९ मा साधारणसभा आह्वान गरेको छ। कम्पनीले बोलाएको सातौं वार्षिक साधारणसभाले विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीले साधारणसभामा आव २०८०/८१ को वित्तीय विवरण पारित गर्ने, लेखा परीक्षक नियुक्त गर्ने र नया सञ्चालक समिति मनोनयन गर्ने प्रस्ताव राखेको छ।

विशेष प्रस्तावअन्तर्गत नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स प्रालि रहने गरी कम्पनीको नाम परिवर्तन गर्ने, जारी र चुक्ता पुँजी वृद्धि गर्ने तथा समान प्रकृतिका कम्पनीसँग मर्जर एक्विजिसन गर्ने विशेष प्रस्ताव साधारणसभामा राखिनेछ।

यस्तै, नियामकको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलसम्बन्धी काम, सल्लाहकार सेवा र सीमित मात्रामा केही संस्थाको सम्पत्ति व्यवस्थापनसम्बन्धी काम गर्ने योजना रहेको कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले बताए।

प्रकाशित : 1 October, 2024 8:04 am