प्रभु महालक्ष्मीको प्रस्तावित लाभांश पाउन आजसम्म शेयरधनी बनिसक्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु महालक्ष्मीको प्रस्तावित लाभांश पाउन आजसम्म शेयरधनी बनिसक्नुपर्ने



काठमाडौँ । आजसम्म प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको शेयरधनी बन्नेले लाभांश पाउने भएका छन् । कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज १६ गते (भोलि) बुकक्लोज गर्दै छ । अतः आज अर्थात मंगलबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी हुन पाउनेछन् । सभा असोज २३ गते, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यसका साथै, छैठौं साधारण सभाबाट तत्कालीन चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस शेयर वितरणपश्चात् कायम हुन आउने चुक्ता पुँजीको ७ प्रतिशतबराबरको हकप्रद शेयर जारी गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

प्रकाशित : १५ आश्विन २०८१, मंगलवार ०७:४०