हिमालयन लाइफले घोषणा गर्यो बोनस दर, कुनमा कति तोक्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन लाइफले घोषणा गर्यो बोनस दर, कुनमा कति तोक्यो ?



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९-८० को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

गत असोज ७ गते प्राधिकरणले स्वीकृत गरेपछि बीमालेखहरूमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दर तोकेको छ ।

कम्पनीका अनुसार सावधिक बीमालेख योजनामा न्यूनतम २७ रुपैयाँदेखि र अधिकतम ६४ रुपैयाँसम्म बीमितले प्राप्त गर्नेछन् । सावधिक तथा आजीवन बीमा योजनामा भने न्यूनतम ३६ देखि अधिकतम ७५ रुपैयाँसम्म पाउनेछन् ।

यस्तै, अग्रिम भुक्तानी सावधिक योजनामा न्यूनतम ५६ र अधिकतम ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा ४८ र जीवन उपहार (सावधिक) बीमा योजनामा प्रतिहजार ३२ रुपैयाँ बोनस दर पाउनेछन् ।

यता, सावधिक बीमा योजनामा न्यूनतम ३८ देखि अधिकतम ७६ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३८ देखि अधिकतम ७३ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक योजनामा न्यूनतम ३४ रुपैयाँदेखि अधिकतम ४६ बोनस दर कायम भएको छ ।

प्रकाशित : ११ आश्विन २०८१, शुक्रबार १३:०५