राष्ट्र बैंकको तथ्यांकमा घट्यो महँगी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्र बैंकको तथ्यांकमा घट्यो महँगी



काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत कायम भएको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९।०७ प्रतिशत, दाल तथा गेडागुडीको १२।०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९।१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३।६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २।७५ प्रतिशतले घटेको छ ।

प्रकाशित : १० आश्विन २०८१, बिहीबार १४:४५