सिटिजन्स बैंककाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

सिटिजन्स बैंककाे लाभांश घोषणा



काठमाडाैं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

असोज ७ गते, सोमबार बसेको बैंकको ४६३ औं सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : 23 September, 2024 4:32 pm