सबै भन्दा बढी नाफा कमाउनेमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सबै भन्दा बढी नाफा कमाउनेमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंक



काठमाडौं । साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा बढि नाफा कमाउन सफल भएकाे छ । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा बैंकले सबैभन्दा बढि मुनाफा आर्जन गरेको हो ।

साउनमा साईन रेसुङ्गाले २० करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ ।

साउनमा राष्ट्रियस्तरका विकास बैंकहरु मध्यमा ११ वटाले नाफा आर्जन गरेका छन् भने ६ वटा विकास बैंकहरु नोक्सानीमा छन् । साउनमा सबैभन्दा बढि नोक्सानीमा नारायणी विकास बैंक रहेको छ यो अवधिमा बैंकले ६ करोड ३७ लाख नोक्सानी व्यहोरेको छ ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार ०७:२५