मह किसानको समस्या अध्यान गर्न समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मह किसानको समस्या अध्यान गर्न समिति गठन



काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मह उत्पादक किसानहरुको समस्या  अध्ययान गर्न एक समिती  गठन गर्नुभएको छ ।  

आइतबार मन्त्रालयमा सरोकारवालाहरुको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत  सहभागीता हुने गरि ९सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितीलाई १५ दिन भित्र प्रतिबेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।  बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र बितरक दुबै पक्षको हित हुने गरि कार्यदलले सुझाब दिने बिश्वास ब्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरि स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने र  मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो ।

समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढने मन्त्री अधिकारीले बताउनुभयो । मह किसानहरुले हाल मौज्दात रहेको २१ सय मेट्रीक टन मह  बिक्रीको ब्यवस्था मिलाईदिन सरकार समक्ष माग गरेका छ्न । मह आयत रोके पनि सिरफको रुपमा यस्को आयात भैरहेको भन्दै मह किसानहरुले महको आयातमा कर वृद्धि गर्नुपर्ने , स्वदेशी महलाई बजारीकरण गर्न सरकार समक्ष माग राखेका छन् ।

प्रकाशित : ६ आश्विन २०८१, आईतवार २१:२७