गरिमा विकास बैंकको डीसीईओमा अनिल रेग्मी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकको डीसीईओमा अनिल रेग्मी नियुक्त



काठमाडौं । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निणर्य गरेको हो ।

रेग्मी विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । चार्टड एकाउन्टेन्ट समेत रहेका रेग्मीले २०८० चैत्र १५ गतेदेखि बैंकको कम्पनी सचिवको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् ।

रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ क्षेत्रमा करिब १३ वर्ष कार्य गरको अनुभव छ ।

उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध थिए ।

प्रकाशित : १ आश्विन २०८१, मंगलवार ११:२९