कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज १ गतेदेखि लागुहुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असोज महिनाका लागि विभिन्न खातामा ब्याजदर घटाएको हो।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर कायम गरेको छ। अघिल्लो भदौ महिनामा बैंकले व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो।

असोजमा बैंकको आधार दर ८.५२ प्रतिशत र स्प्रेडदर ३.८७ प्रतिशत छ । भदौमा बैंकको आधार दर ८.८९ प्रतिशत थियो ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार ११:३०