ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । ग्लोबल आइएमई बैंकले असोज १ गतेदेखि लागुहने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ। बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ।

असोज महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार ११:४५