एभरेष्ट बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति दिने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति दिने ?



काठमाडौं । एभरेष्ट बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक ब्याजदर अनुसार असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ३.०५ प्रतिशत प्रदान गर्नेछ ।

भाद्रमा ७.२९ प्रतिशत रहेको बैंकको बेसरेट असोजका लागि भने घटेर ७ प्रतिशत झरेको छ । बैंकको स्प्रेडदर ४ प्रतिशत छ ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार ११:०८