नबिल बैंकले घटायो ब्याजदर, कुनमा कति तोक्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकले घटायो ब्याजदर, कुनमा कति तोक्यो ?



काठमाडाैं । नबिल बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौ महिनामा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रतिशत र रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

साथै बैंकले भदौमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि सबै बचत खातामा ३ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

बैंकको आधारदर ७.४२ प्रतिशत छ भने स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ । यसअघि भदौमा बैंकको आधार दर ७.६३ प्रतिशत थियो ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार ११:०१