हाम्रो साकोसद्धारा विद्यार्थीहरुलाई सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हाम्रो साकोसद्धारा विद्यार्थीहरुलाई सम्मान



काठमाडौं । ललितपुरमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । संस्थाले शैक्षिक सम्मान तथा वित्तीय प्रविधि साक्षरता कार्यक्रम आयोजना गरी १२५ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

संस्थाले एसईई देखि माथिका सबै तहमा २०८० / ८१ को परिक्षामा सहभागी भई उत्तीर्ण भएका सदस्यका छोरी छोरीलाई हाम्रो साकोस शैक्षिक सम्मानबाट सम्मानित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । त्यसैगरी संस्थाले सोही अवसरमा वित्तीय प्रविधि साक्षरता कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालको अध्यक्षता तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा २५० जनाको सहभागिता रहेको जनाइउको छ।

त्यसैगरी संस्थाले आगामी निर्वाचन सहितको साधारण सभालाई लक्षित गरेर नेतृत्व पूर्व अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ५० जना सदस्यहरुको सहभागिता रहेको जनाएको छ । संस्थाका सञ्चालक समिति, सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेम वाग्लेले सहजिकरण गरेका थिए ।

प्रकाशित : ३० भाद्र २०८१, आईतवार १४:४९