काठमाडौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।
कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिईन ।
कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेका अनुसार अञ्जुलाई असोज १८ गतेदेखि ४ वर्षका लागि करार सम्झौता गरिएको हो ।
Comment