किसानको  समस्या समाधानमा सरकार गम्भीर छ ः कृषि मन्त्री अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

किसानको  समस्या समाधानमा सरकार गम्भीर छ ः कृषि मन्त्री अधिकारी



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्र नेपालको कृषि अर्थ ब्यवस्थाको महत्वपुर्ण क्षेत्र भएको बताउनु भएको छ ।  

राष्ट्रीय दुग्ध विकास बोर्ड र केन्द्रिय दुग्ध सहकारी संघले आज ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कृषि मन्त्री अधिकारीले नीजि र सरकारी दुबैले दुग्ध किसानको रकम भुक्तानी गर्नु पर्नेमा जोड दिदै  दुधको  रकम भुक्तानीका लागि डिडिसीलाई सरकारले दिएको ६० करोड रुपैया क्रृण दिएको  भन्दै सो  रकम  किसानको  हातमा जानू पर्नेमा जोड दिनु भयो ।

 मुलुकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध सहकारीहरुको भुमीका  महत्वपुर्ण रहेको छ भन्दै मन्त्री अधिकारीले दुग्ध किसानले भोगेका समस्याका बारेमा आफू जानकार रहेको र समस्या समाधानमा मन्त्रालय लागि परेको बताउनु भयो ।


मन्त्री अधिकारीले दुग्ध बिकास संस्थानलाई ब्यवसायिक बनाउने कार्यको सुरुवात भैसकेको बताउदै यी निकायमा किसानको  समेत प्रतिनिधित्व हुने  गरि  व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । हाल ६४ जिल्लामा १८७५ वटा दुग्ध सहकारी सस्थाहरु रहेको र वार्षिक १० अर्ब रुपैयाको दुधको कारोबार हुने गरेको केन्द्रिय दुग्ध सहकारी संघले जनाएको छ ।


पशु बिमाको सुनिश्चितता  नहँुदा पेशालाई निरन्तरता दिन अफ्ठ्यारो परेको ,७ महिना देखीको दुधको रकम भुक्तानी पाउन नसकेको,  दुधको दिगो बजारको अभाव ,े अघोषितरुपमा दुग्ध पदार्थको आयात भैरहेको ,सहकारी संस्थालाई उधोग सञ्चालन गर्न कानुनी जटिलता रहेको जस्ता समस्याहरु  हाल  रहेको  कार्यक्रममा दुग्ध किसान तथा  दुग्ध सहकारी संस्थाका प्रतिनिधीहरुले बताएका छ्न ।

उनीहरुले दूध संकलनमा सहि तथ्यांक राख्न जरुरी रहेको, सहज र सुलब ब्याज दरमा बंैक तथा बित्तीय संस्थाहरुले  दुग्ध किसानमा लगानी गर्नु पर्ने , दुग्ध पदार्थ आयातमा कर बढाउनु पर्ने, ृकृषिमा दिइने अनुदान किसानकै हातमा पुर्याउनु पर्ने  लगायतका सुझाव दिएका छन । उनिहरुले दुग्ध विकास संस्थानलाई जोगाउन जरुरी रहेको पनि बताए ।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार २०:३९