काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई भेनस हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। आज एक समारोहका बिच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंक लि।का तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।
सो समारोहमा प्रभु बैंक लिमिटेड,बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनीषा न्योैपाने समेतको उपस्थित रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ प्रतिशत देखी १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न सक्नेछन् ।
साथै भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग, रेडियोलोजी, प्याथोलोजी लगायत का सेवा समेत प्रदान गर्दे आईरहेको छ ।भेनस हस्पिटल प्रा.लि.ले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ ।
Comment