सेयर बजारमा उच्च अंकको बृद्धि, काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा उच्च अंकको बृद्धि, काराेबार रकममा पनि सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकको बृद्धि भएको छ । आज बजार ७८.१७ अंकले बढेर २६८८.५३ को विन्दुमा कायम भएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स १३.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८३ अंक बढेको छ।

आज कारोबार भएकामध्ये २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।

त्यस्तै, ३१८ कम्पनीको एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको२४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज रावा इनर्जी, ग्रीन भेन्चर्स, उपकार लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने थ्रिस्टार हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रकाशित : २७ भाद्र २०८१, बिहीबार १५:२२