घट्याे सेयर बजार, सात अर्ब २४ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घट्याे सेयर बजार, सात अर्ब २४ करोडकाे काराेबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा झरेको हो। त्यसेगरी आज सेन्सेटिभ इण्डेक्स १.८० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ।

आज ६७ कम्पनीको सेयरमुल्य बढेको छ भने १७० कम्पनीको घटेको छ। आज ८ कम्पनीको सेयरमुल्य स्थिर रहेको छ।

दोहोरो अंकले बजार घट्दा ११ वटा उपसमूहमा रातो पोतिएको छ भने व्यापार समूह बढेको छ। आज होटेल तथा पर्यटन समूह स्थिर रहेको छ।

त्यसैगरी, आज ३२८ कम्पनीको सात अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको एक करोड ९० लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज मानुषी लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज एचआईडिसिएलको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २९ करोड ८१ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोडको सेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको २० करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलवार १५:२२