नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच यसबारे सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकका साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) समेतले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८% छुट पाउनेछन् ।

सम्झौताअनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलवार १३:५७