पर्यटनलाई थप चलायमान बनाउने नवनियुक्त सीईओ प्रमुख जोशीको प्रतिवद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पर्यटनलाई थप चलायमान बनाउने नवनियुक्त सीईओ प्रमुख जोशीको प्रतिवद्धता



काठमाडाैं । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपकराज जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बोर्डमा आइतबार कार्यकारी प्रमुखको पद बहाली गर्दै जोशीले पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारी मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिए ।

आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उनले समूह कार्यबाट ती सबै काम गर्न सकिने पनि बताए ।

उनले आफुले कुनै पूवाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनकासाथ काम गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित : २३ भाद्र २०८१, आईतवार १५:२६