राष्ट्रिय वाणिज्य बैंकले २ प्रतिशत प्रिमियममै १५ लाखसम्म ऋण ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैंकले २ प्रतिशत प्रिमियममै १५ लाखसम्म ऋण ऋण दिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात कम्पनीमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई कम्पनीको सिफारिसमा अधिकतम १५ लाख रुपैंयासम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.६६ प्रतिशत रहेको छ । सम्झौता अनुसार कम्पनीका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

प्रकाशित : २१ भाद्र २०८१, शुक्रबार १७:४९