एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले गत वर्षको नाफाबाट १५ दशमलब ५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ५ दशमलब ५३ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले स्वीकृत दिएपछि लगानीकर्तालाई वितरण हुने छ ।

प्रकाशित : २१ भाद्र २०८१, शुक्रबार १४:१३