आरवीवी म्युचुअल फण्ड- १ र २ को नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरवीवी म्युचुअल फण्ड- १ र २ को नगद लाभांश घोषणा



काठमाडाैं । आरवीवी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरवीवीम्युचुअल फण्ड- १ र आरवीवी म्युचुअल फण्ड- २ को लाभांश घोषणा भएको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रबर्द्धन गरिएको र आरवीवी मर्चेन्ट बैंकिङ्ग योजना व्यवस्थापकको रहेको यी दुई योजनाले आव २०८०/ ०८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।

बिहीबार बिहान बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट इकाईधनीहरुलाई क्रमशः ३.८१ र ८.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।

प्रकाशित : २० भाद्र २०८१, बिहीबार ११:०९