१ करोड ६८ लाख बढी कित्ता शेयर नेप्सेमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

१ करोड ६८ लाख बढी कित्ता शेयर नेप्सेमा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड ६८ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर सूचीकृत भएको हो। यो अवितरित हकप्रद शेयर एचआईडीसीएलले केही दिनअघि लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।

यो संस्थापक शेयर धितोपत्र दोस्रो बजारमा एचआईडीसीएलपी संकेतमा कारोबार गर्न मिल्छ।

प्रकाशित : 4 September, 2024 6:38 pm