२० वटा वाणिज्य बैंकमध्ये आठको व्यवसाय कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२० वटा वाणिज्य बैंकमध्ये आठको व्यवसाय कस्तो ?



काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो साउन महिनामा २० वटा वाणिज्य बैंकमध्ये आठको व्यवसाय खुम्चिएको छ । हिमालयन, लक्ष्मी सनराइज, नेपाल बैंक लिमिटेड, एनआईसी एसिया लगायत बैंकको व्यवसायी खुम्चिएको हो ।

त्यस्तै प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको पनि लगानी विस्तार साउनमा खुम्चिएको छ । एनआईसी एसिया बैंकको मात्रै लगानी १० अर्ब ७८ करोडले खुम्चिएको छ । कृषि विकास बैंकको २ अर्ब ४७ करोड, हिमालयन बैंकको ४ अर्ब ६४ करोड रुपैयाँले व्यवसाय खुम्चिएको छ ।

साउनमा सबैभन्दा धेरै व्यवसाय नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको छ । बैंकले साउन महिनामा ८ अर्ब ६८ करोड रुपैयाँ लगानी थप गरेको छ । ग्लोबल आइएमई बैंकको लगानी ५ अर्ब ८४ करोड बढेको छ भने नबिल बैंकको व्यवसाय ७१ करोडले बढ्यो ।

समग्रमा वाणिज्य बैंकहरूको कर्जा लगानी २ अर्ब २५ करोडले मात्रै बढ्यो । लामो समयपछि बल्ल ब्याजदर अंकल अंकमा झरेको छ । बैंकमा प्रशस्त लगानीयोग्य रकम छ । समग्रमा बैंकहरूको सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) ७९ प्रतिशतमा झरेको छ । तर पनि बैंकहरूको अपेक्षाकृत लगानी विस्तार भएको छैन ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार ११:२७