विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल



काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८७ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

विकास ऋणपत्र २०८७ को भदौ १९ गते बुधबार विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ।

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार ०९:३७