लगानी बोर्डको सीईओमा ५ जना सर्ट लिस्टमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लगानी बोर्डको सीईओमा ५ जना सर्ट लिस्टमा



काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ उम्मेदवार सर्ट लिस्टमा परेका छन् । सिफारिस समितिको सचिवालयले मंगलबार सर्ट लिस्टमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

सूचीकरणमा पर्ने उम्मेदवारहरूमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना छन् ।

सूचीकरणमा परेकामध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिनेछ । ती ३ जनामध्ये मन्त्रिपरिषद्ले एक जनालाई सीईओ नियुक्त गर्नेछ ।

सिफारिस समितिले उम्मेदवारको रणनीति र कार्ययोजना, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपश्चात मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले गत साउन २८ गते लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको थियो ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार ०९:०४