सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा



काठमाडौं । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित)गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८०/८१ को लागि बस्ने कम्पनीको आगामी १० औ वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् मात्र सेयरधनीले पाउने छन् ।

प्रकाशित : १८ भाद्र २०८१, मंगलवार १२:४६