काठमाडौं । नेपाल रिइन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत जेठ १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो।
बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि सेयरधनीले कारोबार गर्न सक्नेछन् ।
Comment