सानिमा बैंक र सीजी मोबाइल बीच विशेष छूट दिने सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा बैंक र सीजी मोबाइल बीच विशेष छूट दिने सहकार्य



काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्रालिमा विशेष छूटको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत् सीजी मोबाइल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छूटको व्यवस्था गरेको कम्पनीले बताएको छ छ ।

नोथिङ तथा सीएमएफ ब्रान्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा इयरबड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छूट पाउन सकिनेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

प्रकाशित : १६ भाद्र २०८१, आईतवार २१:१३