सेयर बजारमा ३६.८३ अंककाे गिरावट, काराेबार रकम पनि घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा ३६.८३ अंककाे गिरावट, काराेबार रकम पनि घट्याे



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द बन्द भएको छ । आज बजार ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा कायम भएको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ८.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक घटेको छ।

आज ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यस्तै, अाज काराेबार रकम पनि घटेकाे छ । अघिल्लो कारोबार दिन बुधबार १३ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएको बजारमा ३२२ कम्पनीको आज दुई करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ। यस कम्पनीको ३७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कमपनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रकाशित : १३ भाद्र २०८१, बिहीबार १५:३०