सेयर बजारमा सामान्य अंककाे वृद्धि, १३ अर्ब ७२ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य अंककाे वृद्धि, १३ अर्ब ७२ करोडकाे काराेबार



काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३.८० अंक बढेर २७८६.४० विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.६८ अंक र फ्लोट इण्डेक्स ०.२१ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।

आज ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३२६ कम्पनीको तीन करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४१ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी आज लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माइखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको कणाली डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घटेको छ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार १५:३५