आईसीसी नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आईसीसी नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित



काठमाडाैं । अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

हालै सम्पन्न आईसीसी नेपालको साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।आईसीसीको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघरसंस्थागत तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैंकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, बीमा क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशाेसियट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल निर्विरोध चयन भएका छन् ।

त्यसैगरी, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा चयन भएका छन् ।महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे चयन भएका छन् ।

सदस्यहरुमा ज्ञानेन्द्र ढुङ्गाना, अशोक शेरचन, अशोक अग्रवाल, मिनबहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाइँ, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ र पोषकराज पौडेल चयन भएका छन् ।

सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था अन्तरराष्ट्रिय चेम्बर अफ कमर्समा विश्वका १७० देशका ४ लाख ५० हजार व्यवसायीहरु सदस्य छन् ।

संगठनको नेपाल च्याप्टरको निवर्तमान अध्यक्षमा भने सुरेन्द्रवीर मालाकार छन् ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलवार १६:५८