१० लाख ५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१० लाख ५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । मंगलबार नेप्सेमा दुई कम्पनीको १० लाख ५ हजार ११९.२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नौं लाख २३ हजार ३५१ कित्ता र मैलुङ्ग खोला जलविद्युत कम्पनीको ८१ हजार ७६८.२४ कित्ता गरेर कुल १० लाख ५ हजार ११९.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सीईडीबी हाइड्रोपावर कम्पनीले गत बैशाख ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ११ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

यसैगरी, मैलुङ्ग खोला जलविद्युत कम्पनीले गत वर्ष २०८० चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २.२२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो।

सूचीकृत भएका सेयरहरु सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा आएपछि सेयरधनीले कारोबार गर्न पाउनेछन् ।

प्रकाशित : 27 August, 2024 12:18 pm