काठमाडौँ । आगामी भदौ २७ र २८ गते राजधानीमा पाँचौँ संस्करणको पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । निजी क्षेत्रको सङ्गठन नेपाल उद्योग परिसंघ (सीआईएन) को आयोजना र लगानी बोर्ड, भौतिक पूर्वाधार मन्त्रालय लगायत निजी क्षेत्र सहआयोजक रहेको यस लगानी सम्मेलन २०२२ पछि हुन लागेको हो ।
दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको छ । सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, यूथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको छ । सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, यूथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
हाम्रा लागि पूर्वाधार विकास अपरिहार्य रहेको छ । लगानीको आवश्यकता उत्तिकै छ । दिगो विकासको लक्ष्य हासिल गर्न सन् २०३० सम्म वार्षिक २० खर्ब भन्दा बढी लगानी आवश्यक रहेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । यस्तै नेपाल उद्योग परिसंघ र आईआईडीएसले सन् २०१९ मा गरेको अध्ययनअनुसार दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्नेगरी पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ३० अर्ब डलर लगानी आवश्यक पर्ने देखिएको छ ।
पूर्वाधार क्षेत्रमा मात्रै यति लगानी गर्न नेपाल सरकारसँग पुँजी छैन । पूर्वाधारमा धेरै लगानी आवश्यक तर स्रोतको अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, अन्तर्राष्ट्रिय अभ्यासहरू के–के छन् भन्ने विषयमा गहन रूपमा सम्मेलनमा छलफल हुने परिसंघले जनाएको छ । दुई दिनको सम्मेलनमा करिब एक दर्जन पूर्वाधारसम्बन्धी क्लास चल्ने जनाएको परिसंघले प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराउने बताएको छ ।
पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबिच सम्मेलनमा गहन छलफल हुने बताइएको छ ।
‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, ऊर्जा, सहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुनेछ । छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशका विज्ञहरू, लगानीकर्ताहरूको सम्मेलनमा सहभागिता रहने परिसंघले जनाएको छ ।
भदौ २७ गते सुरु हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।प्रधानमन्त्रीज्यूबाट समुद्घाटन हुने सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, सङ्घीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महानगरपालिकाका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क, एसियाली विकास बैङ्क, विश्व बैङ्क, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरूबाट प्रस्तुति हुनेछ ।
Comment