कुमारी बैंक र इसेवा बीच २ लाखसम्मको ‘इजी लोन’ सुविधाका लागि सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंक र इसेवा बीच २ लाखसम्मको ‘इजी लोन’ सुविधाका लागि सम्झौता



काठमाडौँ । कुमारी बैंक लिमिटेड र इसेवा लि.बीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एप मार्फत सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु’२ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो Easy Loan सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ ।

इसेवा मार्फत लिइनEasy Loan सुविधामा लागुहुने थप सर्तहरू बारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिने जनाएको छ ।

इसेवाले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : ६ भाद्र २०८१, बिहीबार ११:५९