सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा



काठमाडौ । सिद्धार्थ क्यापिल अन्तर्गतको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले लाभांश घोषणा गरेको छ । भदौ २ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि स्किमले इकाईधनीलाई कर सहित ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसअनुसार कम्पनीले इकाईधनीहरुलाई करसहित ७ प्रतिशतका दरले पाँच करोड ६४ लाख ६ हजार रुपैयाँ प्रतिफल दिनेछ ।

प्रकाशित : ५ भाद्र २०८१, बुधबार ११:१४