सेयर बजारमा दोहोरो अंकको करेक्सन, २८ अर्ब ८३ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको करेक्सन, २८ अर्ब ८३ करोडकाे काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ। बजार आज ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा झरेको हो।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक घटेको छ। आज ४७ वटा कम्पनीको सेयरमुल्य बढेको छ भने १९७ वटाको घटेको छ।

आज नेप्से उपसमूहका १३ वटामध्ये ४ वटा समूहमात्रै बढेको छ अन्य ९ समूह घटेको छ। आज बैंकिङ समूह सर्वाधिक ०.८४ अंकले बढेको छ। जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह पनि बढेका छन्।

आज कारोबार भएको ३३० कम्पनीको २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बढीको सेयर किनबेच हुदाँ छ करोड ५४ लाख ७५ हजार कित्ता बराबरको सेयरकारोबार भएको छ।

त्यस्तै, आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० मल्टीपर्पस फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, लिबर्टी इनर्जीको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ।

आज कारोबारमा आएको नेपाल फाइनान्सको सेयरमूल्य भने सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ८२ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, अपि पावरको ७८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने कुमारी बैंकको करिब ६६ करोडको सेयर किनबेच भएको छ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार १५:३२