सूर्योदय वोमी लघुवित्तको लाभांश प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्योदय वोमी लघुवित्तको लाभांश प्रस्ताव पारित



काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्थाले शेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गरेको छ। साउन ३२ गतेको बाह्रौँ बार्षिक साधारणसभाले शेयरधनीहरुलाई करिब १४ प्रतिशत बोनस सेयर पारित गरेको हो।

यससंगै शेयरधनीहरुलाई १४.००५१४३ प्रतिशतले हुने आउने बाह्र करोड बयासी लाख दश हजार आठ सय त्रिपन्न दशमलव सात दुई रुपैया बराबरको बोनस शेयर वितरण हुने भएको छ। बोनस सेयर वितरणपछि संस्थाको चुक्तापुंजी १ अर्ब ४ करोड ३६ लाख पुग्नेछ।

त्यस्तै संस्थाको अध्यक्ष लेखनाथ खनियाले आर्थिक बर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पेश गरेका छन्। संस्थाको १९२ वटा शाखा कार्यालयहरुबाट २०८१ आषाढ मसान्त सम्ममा १ लाख ८२ हजार सदस्यहरुमा ४ अर्ब ८२ करोड ४७ लाख वचत परिचालन गरी ११ अर्ब १३ करोड ५१ लाख कर्जा प्रवाह भएको छ । यस अवधीमा संस्थाले रु.१४ करोड ९ लाख संचालन नाफा गरेको छ ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार १०:१४