काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगको विकास गर्न सके मात्र देशको अर्थतन्त्र चलायमान हुने बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघको नव निर्वाचित कार्य समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
भण्डारीले सरकारको पहिलो प्राथमिकतामा उद्योग रहेको बताए । उद्योगहरुको एक रुपैयाँ पनि खेर जान नदिने तर्क राखे । उनले भने, ‘उद्योग क्षेत्र विकास गर्न सके देशको अर्थतन्त्र बलियो र चलायमान हुन्छ। त्यसैले पनि हामिले उधोग लाइ पहिलो प्राथमिकतामा राखेका छौँ।’
डेडिकेटेड र ट्रन्क लाइनको विवादमा कुनै पनि उद्योगको लाइन नकाटिने उनको तर्क छ। ‘सरकार निजि क्षेत्रसङ्ग निकटताका साथ् सहकार्य गर्न तयार छ । डेडिकेटेड र ट्रन्क लाइनको विषयमा उद्योगको लाइन काटिने छिन । सरकारको पहिले प्राथमिकता उद्योग नै हो’, उनले भने ।
Comment