काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले आठौं वर्ष प्रवेशको अवसर पारेर रक्तदान तथा अन्य विभिन्न कार्यक्रम गरी आज भव्य रुपमा बार्षिकोत्सव मनाउँदैछ । देशैभरिका शाखा कार्यालयहरुले कुनै न कुनै सामाजिक कार्यमार्फत बार्षिक उत्सव मनाउने कम्पनीले जनाएको छ ।
आइएमई ग्रुप मुख्य प्रबद्र्धक रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीहरुको रुपमा २०७४ साल भदौं १ गतेदेखि सुरु गरेको थियो । पछिल्लो पुस्ताको जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
बार्षिकोत्सवको अवसर पारेर कम्पनीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ । गौरवपूर्ण सात वर्ष पुरा गरी आठौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले जारी गरेको शुभकामना सन्देशमा अत्याधुनिक र विश्वसनीय जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएकोछ । साथै आगामी कैयौं वर्षहरुसम्म बीमित र परिवारको साथमा रहेर जोखिम बहन गरिरहने उल्लेख छ ।
बार्षिकोत्सवकै अवसरमा आइएमई लाइफले नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझै बढि लाभ प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ । बार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान, विभिन्न विद्यालयहरुलाई लगायतका कार्यक्रमहरु गर्ने योजना रहेको जनाइएको छ ।
सात वर्षकै अवधीमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको कम्पनीले गत आर्थिक वर्षमा आइपुग्दा मुनाफाको आधारमा तेस्रो कम्पनी बन्न सफल भएको छ । लगानीकर्ताको लागि निकै महत्वपूर्ण मुनाफाको आधारमा कम्पनी देशकै तेस्रो कम्पनीको रुपमा स्थापित भएर थप उत्साह भर्न सफल भएको छ ।
Comment