महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय



काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपविजेता रहेको नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले महिला खेलाडीलाई पुरस्कार स्वरुप उक्त रकम दिने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार नेपाली टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँ र मुख्य प्रशिक्षकलाई २ लाख रुपैयाँ दिइने भएको छ । यस्तै राष्ट्रिय टोलीका व्यवस्थापक, सहायक प्रशिक्षक र फिजीओलाई भने जनही १ लाख २० हजारका दरले रकम दिने सरकारको निर्णय छ ।

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार १७:३४