नेपाल टेलिकमको आम्दानीसँगै खुद नाफा पनि गिरावट, अन्य सुचक कस्ता छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल टेलिकमको आम्दानीसँगै खुद नाफा पनि गिरावट, अन्य सुचक कस्ता छन् ?



काठमाडौं । नेपाल टेलिकमको नाफा १६.४४ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ४.९९ प्रतिशतले घटेर ३४ अर्ब ४६ करोड ११ लाख पुगेको छ भने वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेर ६ अर्ब ४८ करोड १९ लाख रुपैंया पुगेको छ।

त्यस्तै,नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहीबार ११:२८