कालिन्चोक दर्शनको नाफा दुई करोड ६६ लाख, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कालिन्चोक दर्शनको नाफा दुई करोड ६६ लाख, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले ७.७५ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कालिन्चोक दर्शनले २ करोड ६६ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशतले बढेर ८ करोड १५ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १०.३९ प्रतिशतले बढेर ४ करोड २५ ६३ हजार रुपैयाँ रहेको छ ।

५९ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा छ ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहीबार ११:१४