सेयर बजार ३४.२९ अंकले बढ्याे, २३ अर्ब ४३ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ३४.२९ अंकले बढ्याे, २३ अर्ब ४३ करोडकाे काराेबार



काठमाडौं । आज सेयर बजार उकालो लागेको छ । आज बजार ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ८.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ।

आज १५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ । आज ३३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इंग्वा हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स र अपि पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साथै आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : ३० श्रावण २०८१, बुधबार १५:३२