काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्म ओरियण्टल इन्स्योरेन्सले ५९ करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८३.३७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३२ करोड ५१ लाख रुपियाँ मुनाफा कमाएको थियो ।
कम्पनीको कुल बीमा शुल्क आर्जन ४९.४७ प्रतिशतले बढेर २ अर्ब ११ करोड ३० लाख रुपैयाँ पुगेको छ भने खुद बीमा शुल्क आर्जन ५७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ७७ लाख रुपियाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीले विभिन्न ऋण तथा लगानीमार्फत २६ करोड ६३ लाख रुपैयाँ कमाएको छ भने विभिन्न क्षेत्रमा ३ अर्ब १३ करोडबढी रुपैयाँ लगानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीले ३३ हजार ९६९ वटा बीमा पोलिसी जारी गरेको छ ।
Comment